sevenstartv.com ९ माघ २०८२, शुक्रवार

अफ्रिका कप अफ नेसन्स २०२५ मा दक्षिण अफ्रिका विजयी हुँदै नकआउट चरणमा

१५ पुष २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । अफ्रिका कप अफ नेसन्स ९एफकन० २०२५ अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा जिम्बाब्वेलाई ३–२ गोल अन्तरले पराजित गर्दै दक्षिण अफ्रिका प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। 

मोरक्कोको मराकेसमा भएको निकै उतारचढावपूर्ण खेलमा जित हात पार्दै दक्षिण अफ्रिका समूह उपविजेताका रूपमा अघिल्लो चरण पुग्न सफल भएको हो। खेलको सातौँ मिनेटमै छेपान मोरेमीको प्रहार जिम्बाब्वेका डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएपछि दक्षिण अफ्रिकाले अग्रता लिएको थियो। 

तर, जिम्बाब्वेका तावान्डाले उत्कृष्ट व्यक्तिगत कौशल देखाउँदै डिफेन्डरहरूलाई छक्याएर उत्कृष्ट गोल गरी खेललाई बराबरीमा ल्याए । दोस्रो हाफको सुरुवातमै बर्नलीका स्ट्राइकर लाइल फोस्टरले हेडमार्फत गोल गर्दै दक्षिण अफ्रिकालाई पुनः २–१ को अग्रता दिलाए । जिम्बाब्वेले हार नमानी खेलमा फर्कने प्रयास जारी राख्यो । दक्षिण अफ्रिकी गोलकिपर रोनवेन विलियम्सले बचाएको बल आफ्नै डिफेन्डर अब्रे मोदिबाको अनुहारमा ठोकिएर आत्मघाती गोल हुन पुग्दा खेल २–२ को स्थितिमा पुगेको थियो । 

यस जितसँगै दक्षिण अफ्रिकाले अब आइतबार हुने अन्तिम १६ को खेलमा समूह ‘एफ’ को उपविजेता आइभोरी कोस्ट, क्यामरुन वा मोजाम्बिक मध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। अर्कोतर्फ, पराजित जिम्बाब्वे भने समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । जिम्बाब्वेले हालसम्म आफकोनका ६ वटा संस्करणमा सहभागिता जनाए पनि समूह चरण पार गर्न सकेको छैन ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्