चितवन क्रिकेट क्लबले जित्यो इन्डो नेपाल टी–२० च्याम्पियनसिपको उपाधि
काठमाडौं । चितवनमा जारी इन्डो नेपाल टी–२० च्याम्पियनसिपको उपाधि घरेलु टोली चितवन क्रिकेट क्लबले जितेको छ । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार भएको फाइनलमा विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लबविरूद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै चितवन च्याम्पियन बनेको हो ।
उपाधिसँगै चितवनले नगद ४ लाख रुपैयाँ जित्यो भने उपविजेतामा एपीएफले २ लाख रुपैयाँ प्राप्त ग¥यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका तृतराज दास घोषित भए । उनले प्रतियोगितामा अलराउन्डर प्रदर्शन गर्दै ३ सय १० रन र ६ विकेट लिएका थिए । उत्कृष्ट ब्याटरमा दिल्ली वन्डर्सका मोहम्मद कैफ र उत्कृष्ट बलरमा चितवन क्रिकेट क्लबका दीपेश कंडेल घोषित भए ।
मोहम्मदले ३ सय १८ रन र दीपेशले १६ विकेट लिएका थिए । यस्तै आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा दिल्ली वन्डर्स क्रिकेट क्लबलाई विभागीय टोली त्रिभुवन आर्मी क्लबले पराजित ग¥यो । १९८ रनको लक्ष्य पछ्याएको दिल्ली ९ विकेटको क्षतिमा १५६ रन मात्रै बनाउन सकेपछि आर्मी ३६ रनले विजयी हुँदै प्रतियोगितामा तेस्रो भयो ।
