sevenstartv.com १० माघ २०८२, शनिवार

कपिलवस्तुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

९ पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । कपिलवस्तुको मायादेवी गाउँपालिका-१ बरोहियामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिका-६ डुम्राका २५ वर्षीय ओसामा मोहम्मद मुसलमानको मृत्यु भएको हो । 

कपिलवस्तुको तौलिहवाबाट गएराति  भैरहवातर्फ जाँदै गरेको लु १८ प ८७६९ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ आइरहेको लु.प्र.०१००१ ख ०६८३ नम्बरको ट्रकले टक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले बताएको छ । 

ओसामालाई कपिलवस्तु अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्