राष्ट्रसङ्घका मानव अधिकार सिरियामा अमेरिकी सेनाको भीषण आक्रमण
आईएसका ७० भन्दा बढी ठेगाना ध्वस्त
काठमाडौं । अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट ९आईएस० समूह विरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ।
आफ्ना सैनिकहरूमाथि भएको ज्यान लिने गरीको हमलाको बदला लिन अमेरिकाले ’अपरेसन हकाइ स्ट्राइक’ मार्फत मध्य सिरियाका ७० भन्दा बढी स्थानमा भीषण बमबारी गरेको हो ।
अमेरिकी सेन्ट्रल कमाण्ड ९सेन्टकौम० का अनुसार यस कारबाहीमा लडाकु विमान, अट्याक हेलिकप्टर र आर्टिलरीको प्रयोग गरिएको छ भने जोर्डनका विमानहरूले पनि साथ दिएका छन् । गत डिसेम्बर १३ मा पाल्मिरा सहरमा आइएसको एम्बुस परेर दुई अमेरिकी सैनिक र एक नागरिक अनुवादकको मृत्यु भएपछि अमेरिकाले यो कठोर कदम चालेको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आइएसका गढहरूमा आफूहरूले निकै शक्तिशाली प्रहार गरिरहेको र दोषीहरूलाई नछाड्ने चेतावनी दिएका छन् । यो अपरेसन शुक्रबार साँझबाट सुरु भएको हो जसमा सयभन्दा बढी अचुक निशाना लगाउने हतियारहरू प्रयोग गरिएको अमेरिकी अधिकारीहरूले जनाएका छन् । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले यस कारबाहीलाई युद्धको सुरुवात नभई ‘प्रतिशोधको घोषणा’ भनेका छन् ।
