मकवानपुरको अधेरीमा ट्याक्टर दुरघटना हुँदा ३ जनाको मृत्यु, १९ जना घाइते
काठमाडौं । मकवानपुरको अधेरीमा ट्याक्टर दुरघटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् ।
बकैया गाउँपालिका–७ अधेरीमा लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । घाइते मध्ये बकैया गाउँपालिका-७ अधेरीका करिब ५०/५५ वर्षीय केशव माझी, सोही ठाउँ बस्ने करिब ५०/५५ वर्षीय युवराज माझी र ४५ वर्षीय सन्तलाल माझीको मृत्यु भएको हो । उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुघर्टनामा परेका व्यक्तिहरू काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा काम गर्ने कामदारहरू हुन् । उनीहरू काम गरेर खाना खाना ट्याक्टर चढेर आउने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

.gif)