काठमाडौं महानगरले मनायो ३१औँ स्थापना दिवस
काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार आफ्नो ३१औँ स्थापना दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको सहभागिता रहेको थियो । महानगर दिवसका अवसरमा विभिन्न विधामा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई राष्ट्रपति पौडेलले सम्मान गरेका थिए भने उपराष्ट्रपति यादवले उत्कृष्ट काम गर्ने जनप्रतिनिधिलाई पुरस्कार दिएका थिए ।
काठमाडौं महानगरले हरेक वर्ष मंसिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ ।

.gif)