एनपीएलको दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन् ।
खेल दिउँसो ४ बजे सुरु हुँदैछ । लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो भने विराटनगर सन्दीप लामिछानेको कप्तानीको टिम हो । विराटनगर पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो भने लुम्बिनी इलिमिनेटरमा विजयी भएर दोस्रो क्वालिफायरका लागि छनोट भएको हो ।
आजको विजेताले सुदूरपश्चिमसँग शनिबार एनपीएल दोस्रो सिजनको फाइनल खेल्नेछ । पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ७७ रनले हराउँदै फाइनल प्रवेश गरेको हो ।

.gif)