पशुपतिका यी स्थानमा आजदेखि मासु, मदिरा र नशालु पद्धार्थ प्रतिबन्ध
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि पशुपति क्षेत्रमा मासु, मदिरा र नशालु पद्धार्थको उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न प्रतिबन्ध लगाएको छ । पमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार यही मंरिस ३ गते परेको बालाचतुर्दशी (शतविजारोपण) पर्वकाअवसरमा यस्तो निर्णय गरिएको हो ।
सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले चार किल्ला कायम गरेर मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रूपमा रोक लगाइएको सूचनामा उल्लेख छ ।
सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

.gif)