जेनजी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु भएको पुष्टि
काठमाडौं । नेपालमा चलेको जेनजी पुस्ताको आन्दोलनका क्रममा ७२ जनाको मृत्यु भएको पुष्टि भएको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा आइतबार सो कुराको जानकारी दिइएको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जना सहिद भएका छन् भने प्रहरीतर्फ ३ जनाको निधन भएको छ ।
यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरु मारिएका छन् । यसैगरि, १३४ प्रदर्शनकारी घाइते भएर उपचार गराइरहेका छन् । प्रहरीहरु ५७ जना उपचाररत छन् ।

.gif)