राजेश पायल राइले जेन्जीसँग मागे सञ्चार र विदेश मन्त्रालय

काठमाडौं । नेपालमा अन्तरिम सरकारको कसरत तीब्र भइरहेको बेला विभिन्न क्षेत्रका मानिसहरुले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन् । यही बेलामा गायक राजेश पायल राईले भने जेनजी पुस्तालाई आफूलाई सञ्चार र विदेश मन्त्रालय दिन आग्रह गरेका छन् ।
अन्तरिम सरकारको चर्चा चलिरहेको बेला उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री नमागेको स्पष्ट पारेका छन् । तर, सञ्चार र पर्यटन सम्हाल्न सक्ने दाबी गरेका छन् ।
आफूलाई पर्यटन र सङ्गीतको विकास बारे राम्रो जानकारी गरेको समेत गायकराईको दाबी छ । आँट गर्दा सबै सम्भव रहेको उनको भनाइ छ ।
सबैभन्दा धेरै विदेश पनि आफू गएको उनले दाबी गरेका छन् ।