प्रहरीबाट लुटिएका हतियार तत्काल बुझउन सेनाको आग्रह
काठमाडौं । नेपाली सेनाले प्रदर्शनका क्रममा प्रहरीबाट लुटिएका हतियारहरु तत्काल फिर्ता गर्न आग्रह गरेको छ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा लुटिएका हतियारहरु यथासिघ्र फिर्ता गर्न सेनाले आग्रह गरेको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति निकालेर त्यस्ता हतियारको दुरुपयोग हुनसक्ने भन्दै बुझाउन आग्रह गरेको छ ।
त्यस्तै, प्रदर्शनको क्रममा भेटिएको प्रहरी र सशस्त्र प्रहरीको पोसाकको अनधिकृत प्रयोग नगर्न सेनाले आग्रह गरेको छ ।
हातहतियार र गोलिगठ्ठा नबुझाई हतियार र पोसाकको अनधिकृत प्रयोग गरेको भेटिएमा कारबाही हुने सेनाले जनाएको छ ।

.gif)