sevenstartv.com १० असार २०८३, बुधवार

जेनजीले जेलबाट निकाले रवि लामिछाने

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई कारागारमुक्त गरेका छन् । नख्खु कारागारमा पुगेर लामिछानेलाई छुटाएका हुन्।

प्रदर्शनकारीले लामिछाने जेलबाट छुटाएको भिडिओ रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल फेशबुकमा राखेकी छन्।

रास्वपाका दिपक बोहोराले लामिछानेलाई जेलबाट निकालेको पुष्टी गरेका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन् , रवि दाई निस्किनु भयो। टाइगर इज व्याक अगेन ।