sevenstartv.com २१ मंसिर २०८२, आइतवार

मिथिलाञ्चलमा अनन्त पूजा

२१ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । आज मिथिलाञ्चलमा अनन्त पूजा धूमधामका साथ मनाइँदैछ । भाद्र शुक्ल चतुर्दशीमा अनन्त पूजा गरिन्छ ।

यस दिन बिहानैदेखि मानिसहरूले घरआँगन सफा–सुग्घर बनाई पूजाका तयारी गर्छन् । यस अवसरमा काँक्रो, केरा, पान, सुपारी, खीर, पुरी, मालपुवा, हलुवा र विभिन्न मिठाई प्रसाद स्वरूप चढाएर छिमेकी तथा आफन्तलाई बाँड्ने चलन छ ।

मिथिलाञ्चलका महत्त्वपूर्ण पर्वमध्ये अनन्त चतुर्दशी पनि एक हो । यस दिन बिहानै विभिन्न फलफूलसँगै अनन्त सूत्र राखिएको डोला लिएर नजिकैको मन्दिरमा गई पूजा गर्ने र धागो ग्रहण गर्ने परम्परा छ ।

यस दिन स्नान गरी फूल चढाएर कथा वाचनसँगै अनन्त सूत्र बाँध्ने चलन छ । पुरुषहरूले दाहिने र महिलाले देब्रे पाखुरामा बाँध्ने यस सूत्रलाई एक वर्षसम्म राखिन्छ । गत वर्ष बाँधिएको सूत्र यसै दिन पूजापछि बिसर्जन गर्ने परम्परा छ । मैथिली समुदायमा अनन्त चतुर्दशी सामूहिक रूपमा मनाउने चलन छ । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्