संगठन विस्तार गर्न धरानका मेयर साम्पाङ काठमाडौंमा
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सोमबार काठमाडौं आउँदा उनका समर्थकहरूले विमानस्थलमा भव्य स्वागत गरेका छन् ।त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा सम्पाङलाई स्वागत गर्न पुगेका समर्थकले मोटरसाइकल र्यालीसहित स्वागत गरेका हुन् ।
उनी भेटघाट तथा संगठन विस्तारका लागि आज काठमाडौं आएका हुन् । उनी मोटरसाइल र्यालीसहित कालिकास्थानमा रहेको सांस्कृतिक संघमा पुगेका छन् । त्यहाँबाट उनले भेटघाट तथा संगठन विस्तार गर्ने कार्यक्रम छ ।
मेयर साम्पाङले र्यालीका लागि धन्यवाद दिएका छन् ।

.gif)