बैंकिङ कसुर अभियोगमा सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सुकुमबासी बस्तीबाट निस्किएको विरोध प्रदर्शको नेतृत्वमा रहेका सरकारविरुद्ध नारा लगाउँने क्रममा सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष एवं एमाले नेता नारायण परियार (परिश्रमी) पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ आज गरिएको हो ।
सरकारले काठमाडौंको खोला किनारमा बसिरहेका सुकुम्बासीहरूलाई हटाउने तयारी गरिरहेका बेला परिश्रमी बैंकिक कसुरमा पक्राउ परेका हुन् । परिश्रमीको पक्राउ सकुम्बासी समस्यासँग सम्बन्धित नरहेको प्रहरीले जनाएको छ ।
