sevenstartv.com ९ चैत २०८२, सोमवार

सुनकोशीमा खसेको गाडी भेटियो

९ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिपलाई गोताखोरको टोलीले फेला पारेको छ । त्यो जिपमा सवार तीन जना भने अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आज बिहानपख २ बजेतिर गाडि फेला पारिएको हो ।

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च ६३६६ नम्बरको इसुजु गाडि शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो ।

प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् । गाडिबाट हामफालेका सुशान्त कक्षपति मध्यम खालको घाइते छन् । उनलाई उपचारका लागि खुर्कोट पठाइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्