गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ९ जना घाइते
काठमाडौं । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ९ जना यात्रु घाइते भएका छन् ।
आज विहान धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी-५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिदा ९ जना घाइते भएका हुन।
घाइतेमध्ये १ जनालाई उपचारका लागि काठमाण्डौ रिफर गरिएको बताइएको छ। बाँकी ८ जनाको भने गजुरी अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको बताइएको छ ।
उनीहरुको परिचय खुलिसकेको छैन । माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आइसकेको छ ।
