sevenstartv.com २८ भदौ २०८३, आइतवार

तनहुँको मर्स्याङ्दीमा दुर्घटनामा परेका सबै यात्रु भारतीय नागरिक

७ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर-२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा पर्नेहरू सबैजना भारतीय नागरिक रहेका छन् । चालका दलका दुई जना र ४१ यात्रु भारतीय नागरिक भएको प्रहरीले बताएको छ । 

भारतीय नम्बर प्लेट-७६२३ नम्बरको बसमा उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत भैसकेको छैन । 

दुर्घटनामा पर्नेहरूको सूची यस्तो छ :

अनंत ओंकर ईंगके, सिमा ईंगदे, सुहास राणे, शरण राणे, चंदना राणे, सुधाकर जावके, रोहिणी जावके, विजया कुडु जावके, भारती प्रकाश जावके, सागर जावके, तुल्सीराम तायडे, शरण तायडे, भंगरण राणे, प्रकश कोखी, रेखा कोखी, संदिप सरोडे,, पसवी सरोडे, गोकर्णी सरोडे, हेमराज सरोडे, रुपाक्षी सरोडे, अनुप सरोडे, गणेश भांरबे, मिलन भांरवे, सुलभा भांरवे, बिजसा जावसे, भारती भिरुक, शारदा पाटीह, नित्ठोमा जावरे, कुमुदिनी झाँवर, धानेन्दधर बोड, आशा बोड, आशा बावस्कर, आशाखा पांडुरंग, सुनिस धाँडे, सरोज भिरुड, पंकज भंगादे र वर्षा भंगादे  लगायत छन् । 

सम्बन्धित समाचार