नेपाल विद्यार्थी संघ ओखलढुंगाको अध्यक्षमा हरिशचन्द्र श्रेष्ठ चयन
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ ओखलढुंगाको अध्यक्षमा हरिशचन्द्र श्रेष्ठ चयन भएका छन् ।
नेपाल विद्यार्थी संघको बिधान २०२७ को सातौं संसोधन २०७५ बमोजिम अध्यक्षको जिम्मेवारी दिएको हो । संघका केन्द्रिय अध्यक्ष दुजाङ्ग शेर्पाद्वारा उनलाई आगामी ३ महिना भित्र जिल्ला अधिबेशन गरिसक्न समय दिईएको छ ।
अध्यक्षको जिम्मेवारी पाएका श्रेष्ठ नेपाल विद्यार्थी संघको हालको उपाध्यक्ष हुन । उनी नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला कार्यसमिति सदस्य समेत रहेका छन । उनी सुनकोशी गाउँपालिका निवासी हुन ।
