sevenstartv.com २१ असोज २०८२, मङ्गलवार

मधेस प्रदेशमा दुई विधेयक प्रमाणीकरण

३२ असार २०८२, बुधवार स्टार संवाददाता

जनकपुर । मधेस प्रदेशमा दुई विधेयक प्रमाणीकरण भएको छ । 
 

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०८२र८३ का लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । 

प्रदेश प्रमुख भण्डारीले  मधेस प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका विधेयक प्रमाणीकरण गर्नुभएको हो । प्रदेश प्रमुख भण्डारीले  नेपालको संविधानको धारा २०१ को उपधारा २ अनुसार  विधेयक’ प्रमाणीकरण गर्नुभएको  उहाँको  सचिवालयले जनाएको छ । 

यो पनि पढ्नुहोस्