sevenstartv.com २१ मंसिर २०८२, आइतवार

रूपन्देहीको मर्चवारी गाउँपालिका-३ का वडाध्यक्ष पक्राउ

२४ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । रूपन्देहीको मर्चवारी गाउँपालिका-३ का वडाध्यक्ष जनार्दन यादव तीन लाख घुस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादवसहित सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपीनकुमार पाण्डेयलाई पक्राउ गरेको छ । 

वडामा सञ्चालित विभिन्न योजनाको भुक्तानी सिफारिसका लागि वडाध्यक्ष यादवले कमिसन माग्ने गरेका थिए । सोही क्रममा विपीनकुमार पाण्डेयमार्फत् तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ ।  दुवैजनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्