sevenstartv.com १५ असार २०८३, सोमवार

राप्रपाद्वारा संसद बैठक बहिष्कार

१ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद बैठक बहिष्कार गरेको छ । अवरोधको बाबजुद सभामुख देवराज घिमिरेले संसदको कार्यसूची अगाडि बढाएपछि राप्रपाले संसद बैठक बहिष्कार गरेको हो । 

प्रतिनिधिसभाको आइतवारको बैठकमा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वेल घेराउ गरिरहँदा राप्रपाले भने आसनमै उभिएर विरोध जनाइरहेको थियो । उभिएर बिरोध जनाइरहेका सांसदहरु बैठक छाडेर बाहिरिएका हुन् । विरोधका बाबजुद सभामुख घिमिरेले आकस्मिक समय चलाइरहनुभएको छ ।