sevenstartv.com १ असार २०८३, सोमवार

झापामा सवारी दुर्घटना : एक जनाको मृत्यु

२२ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । झापाको दमक-७ मा बुधबार साँझ यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दमकबाट केर्खातर्फ जाँदै गरेको मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र ०१-०२-०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मिलन थापा गम्भीर घाइते भएका थिए ।

थापालाई उपचारका लागि आर्य न्युरो अस्पताल विराटनगर लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।  बस चालक झापा गौरादह-४ का सरकार टुडु र दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।