sevenstartv.com २१ मंसिर २०८२, आइतवार

बुटवलमा तीन जनाको हत्या, एक जना पक्राउ

१४ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा आमासहित दुई छोरीको बीभत्स हत्या भएको छ ।

 प्रहरीले तीन जनाको हत्या भएको जानकारी दिएकाे छ । आमा ३३ वर्षकी दीपा बस्यालसहित छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या गरिएको जनाइएकाे छ । हत्याको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सुरज कोइराला रहेका छन् । प्रहरीका अनुसार उनी दीपाका पूर्वश्रीमान हुन् । अहिले भने डिभोर्स गरेर छुट्टै बसिरहेको खुल्न आएको छ । घटना बुधबार बिहान ४ बजेतिर भएको हो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्