माओवादी पदाधिकारी बैठक शुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बैठक शुरु भएको हो ।
गंगानारायण श्रेष्ठनेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताबारे निर्णय, पार्टीले चलाइइरहेको अभियानको समीक्षा र समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बसेकोजनाइएको छ ।
सोमबार बिहान साढे ११ बजे ललितपुरको ग्वार्कोस्थित एक ब्याङ्क्वेटमा माओवादी केन्द्र र नेसपाबीच एकता घोषणा कार्यक्रम तय भएको छ ।
