sevenstartv.com २१ वैशाख २०८३, सोमवार

न्युजिल्याण्डका उपप्रधानमन्त्री विन्स्टन पिटर्स नेपाल आउने

१२ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् ।  उनी जेठ १४ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुईदिने भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्