sevenstartv.com २१ वैशाख २०८३, सोमवार

दुई वटा संसदीय समितिको बैठक बस्दै

१२ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं ।  दुईवटा संसदीय समितिको बैठक बस्ने भएको छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

अर्थ समितिको बैठक मध्याह्न १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल हुनेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्