sevenstartv.com २१ वैशाख २०८३, सोमवार

स्रोतयुक्त पालिकाले स्रोतविहिन पालिकालाई सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

११ जेठ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय विकासका लागि स्रोतको उचित परिचालन र सहयोगी भावना आवश्यक रहेको बताएका छन् ।

आइतबार नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बलियो वडाले कमजोर वडालाई सहयोग गर्न आग्रह गरेका हुन् । 

स्थानीय विकास, स्रोत परिचालन, संघ र प्रदेशबाट आउने स्रोतको सदुपयोग गर्न सुगम क्षेत्रले दुर्गम क्षेत्रलाई सहयोग गर्न उनको आग्रह छ । प्रधानमन्त्री ओलीले सरकारी संघसंस्थाका साथै गैरसरकारी संघसंस्थाहरुसँगको सहकार्यलाई पनि प्रभावकारी बनाउन सुझाव दिएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्