सांस्कृतिक विविधता र किराँत धर्मलाई उजागर गर्न पर्यटन वर्ष मनाइरहेका छौँः मन्त्री मण्डल
काठमाडौं । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले प्रदेशको सांस्कृतिक विविधता र किराँत धर्मलाई उजागर गर्न ‘कोशी प्रदेश पर्यटन वर्ष-२०८२’ मनाउन लागिएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले उनले प्रदेशको भेषभूषा, रहनसहन र संस्कृतिहरु विशेष रहेको उल्लेख गर्दै त्यसको उजागर गर्नको लागि प्रदेश सरकार लागि परेको बताएका हुन् ।
उनले पदमार्गमा आधारित पर्यटन प्रवद्र्धन गर्न चारवटा तिब्बत मार्ग निर्माणको काम समेत अघि बढाइएको बताए । उनले इलामको कन्याम, अन्तु, धनकुटाको भेडेटार, तीनजुरे लगायतका पर्यटकीय गन्तव्यहरूमा सहज पहुँच सुनिश्चित गर्न ‘टुरिष्ट कार्ड’को व्यवस्था गरिएको उल्लेख गरेका छन् ।
प्रदेश सरकारले विदेशी पर्यटकका लागि एकीकृत जाँच प्रणाली र एकीकृत कर प्रणालीको व्यवस्था गर्न समेत काम गरिरहेको मन्त्री मण्डको दाबी छ ।
