sevenstartv.com २१ मंसिर २०८२, आइतवार

वैदेशिक रोजगारमा विदेश पठाउने भन्दै ठगी गर्ने पक्राउ

८ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका-१६ बस्ने सुनसरी इनरूवा नगरपालिका घर भएका ३२ वर्षीय रमेशकुमार यादव पक्राउ परेका हुन् ।  उनलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै तीनजनाबाट २६ लाख ८० हजार रुपैयाँ लिईलिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले बुधबार पक्राउ गरेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजलाई पेप्सीकोलाबाट पक्राउ गरेको हो । यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्