sevenstartv.com ८ असार २०८२, आइतवार

चालु आर्थिक वर्षमा सबै बालीहरुको उत्पादन सामान्य रुपमा बढ्ने प्रारम्भिक अनुमान

५ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । कृषि, सहकारी तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म १५ लाख ६ सय ९२ बेर्ना, बिरुवा विक्री वितरण गरिएको बताएका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद्हरुले सोधका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा तरकारी तथा फलफूलका पाँच लाख श्रोत बेर्ना, बिरुवा नर्सरी तथा श्रोत केन्द्रहरुलाई विशेष गरी उपलब्ध गराउने लक्ष्य रहेको बताए । 

जसमा १५ लाख ६ सय ९२ बेर्ना, बिरुवा विक्री वितरण गरिसकिएको र बाँकी लक्ष्य जेठ र असारमा स्म्पन्न हुने जानकारी दिए । नेपालमा मुलतः स्याउ, ओखर, मेवा, अंगुर, नरिवल, अनार जस्ता फलफूलहरु भारत, चीन लगायतका मुलुकहरुबाट आउने गरेको बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्