सहकारी ठगी प्रकरण : समितिले लियो रास्वपाका सह-महामन्त्रीसँग बयान
काठमाडौँ । संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह-महामन्त्री विपीन कुमार आचार्यसँग सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा बयान लिएको छ ।
आइतबार समितिको बैठकमा उपस्थित भएर उनले बयान दिएका हुन् । आचार्यले गोर्खा मिडियाका लागि कास्कीको पोखरास्थित सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ लिएको आरोप लागेको छ ।
समितिले कार्यविधि अनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूसँग बयान लिँदै आएको छ ।
समितिले अब बयान लिने क्रम अन्तिम चरणमा पुगेको भन्दै त्यसपछि प्रतिवेदन लेखनमा केन्द्रित हुने जनाएको छ ।
