पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ
काठमाडौं । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत इञ्जिनियर सन्तोषकुमार यादव पाँच लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले इञ्जिनियर यादवलाई घुस रकमसहित मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट बिहीबार साँझ पक्राउ गरेको हो ।
खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनाका लागि घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले इञ्जिनियर यादवलाई पक्राउ गरेको छ ।
यादवलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

.gif)