sevenstartv.com ८ असार २०८२, आइतवार

अत्यधिक गर्मी बढेपछि वीरगञ्जका विद्यालय बिहान सञ्चालन

१ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ ।

वीरगञ्ज महानगरको निर्णयअनुसार बिहीबारदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो । अर्को सूचना जारी नभएसम्म बिहान ६ बजेदेखि अध्यापन हुनेछ ।

महानगरपालिकाका अनुसार वीरगञ्ज नगर क्षेत्रमा ९२ सामुदायिक र १३८ वटा निजी विद्यालय छन् । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्