sevenstartv.com ८ असार २०८२, आइतवार

कोरियामा भाषा अध्ययन र स्नातकका लागि जाने विद्यार्थीको एनओसी स्थगित

डी टु र डी फोर भिसा कार्यदल गठन, प्रतिवेदनको आधारमा थप निर्णय लिइने

३० वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) दिन स्थगित गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन स्थगित गरेको हो । 

दक्षिण कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरू ९विशेष गरी अण्डर ग्य्राजुएट कोर्स अध्ययन गर्न० शुरूदेखि नै रोजगारीमा बढी प्राथमिकताका कारण अध्ययनमा निरन्तरता नहुने, स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउने प्राथमिकताका कारण अध्ययनको निरन्तरतामा समस्या आउने, काम पाउन नसक्नेहरूमा मानसिक समस्या तथा डिप्रेसनमा पर्ने, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयहरुमा समेत विद्यार्थी पठाउने गरेको, जस्ता समस्याहरू देखिएकोले कार्यदल गठन गरिएको छ । 

उक्त कार्यदलको सिफारिसको आधारमा थप निर्णय गर्ने गरी दक्षिण कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी जारी गर्ने कार्य हाललाई स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्