प्राथमिकता निर्धारण गरेर कुष्ठरोगको नियन्त्रणमा लाग्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्राथमिकता निर्धारण गरेर कुष्ठरोगको नियन्त्रणमा लाग्न जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्राथमिकतालाई प्रभावकारी ढंगबाट निर्धारण गरेर अघि बढ्न नसकेको स्वीकार गर्दै आगामी दिनमा प्रभावकारी बन्नुपर्ने जरुरी रहेको बताए । उनले कुष्ठरोग नियन्त्रणका लागि आवश्यक रणनीति अख्तियार गर्न नसकेको बताएका छन् ।
उनले परिस्थिति बुझेर त्यसअनुसारको योजना निर्माण गर्न नसकेको भन्दै कतिपय कुराहरु कानूनमा भएपनि कार्यान्वयन हुन नसकेको बताए । नेपालको योजनाको खाका नेपालले नै बनाउनुपर्ने र प्राथमिकताहरु तय गरेर अघि बढ्नुपर्ने बताएका छन् ।