प्रचण्ड लडेर घाइते
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् ।
मंगलबार राति करिब १२ बजे निवासमा शौचालयमा चिप्लिएर लडेपछि निधारमा चोट लागेको जनाइएको हो ।
उनलाई राति नै ललितपुरको मेडिसिटी अस्पताल लगिएको थियो । हाल उनको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

.gif)