sevenstartv.com २१ मंसिर २०८२, आइतवार

प्रहरी जवानका लागि लिइएको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ

८ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । प्रहरी जवानका लागि लिइएको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मध्येबानेश्वरस्थित रत्नराज्य माविबाट ती परीक्षार्थी पक्राउ परेका हुन् ।

दोलखा, जिरी नपा-९ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २३ का मोहन सुनुवार, कालिकोट, शुभकालिका गापा-७ घर भई लैनचौर बस्ने अन्दाजी वर्ष २४ का गोपाल शाही, सुर्खेत, वीरेन्द्रनगर न.पा वडा नं ५ घर भई हाल का.जि माछापोखरी बस्ने अ. वर्ष २२ को मनोज शर्मा, दैलेख, भैरवी गापा-५ घर भई बानेश्वर बस्मे अन्दाजी वर्ष २२ का आकाश खड्का, सुर्खेत, वीरेन्द्रनगर नपा-११ घर भई माछापोखरी बस्ने अन्दाजी वर्ष २० का उमेश शर्मा र जुम्ला, तिला गापा-२ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २२ मा मीन रावल पक्राउ परेका हुन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्