sevenstartv.com २२ मंसिर २०८२, सोमवार

तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक पक्राउ

२५ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । राजावादी समूहले १५ चैतमा गरेको हिंसात्मक प्रदर्शनका बेला तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

कुमार तामाङ पक्राउ परेका हुन् । तामाङलाई भक्तपुर क्षेत्रबाट पक्राउ गरेर ल्याइएको हो । तामाङले जडिबुटीमा रहेको एक घरमा समेत आगजनी गरेको प्रहरीको भनाइ छ ।

यो घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले मात्र २७ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंले विस्तृत अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्