sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

आन्दोलनमा रहेका शिक्षकलाई नियमित काममा फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण

२४ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सडक आन्दोलनमा रहेका शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले विगतमा नेपाल शिक्षक महासंघसँग भएको सहमतिअनुसार शिक्षा ऐन जारी गरेर आन्दोलित शिक्षकलाई काममा फर्कने वातावरण बनाउन आग्रह गरेका हुन् । 

सामाजिक संजालमार्फत नेता कोइरालाले भनेका छन्, ‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन् । सरकार र महासङ्घ बीच भएका सहमतिबमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु ।’

यतिबेला आम शैक्षिक हड्तालको घोषणा गरेर शिक्षकहरू काठमाडौं केन्द्रित भएर निर्णायक आन्दोलनमा छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्