sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न : प्रधानमन्त्री ओली

२३ चैत २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नआउने बताएका छन् ।

थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदी सगरमाथा संवादमा नआयने बताएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ओलीले मोदीको यसअघि नै युरोप भ्रमणको कार्यक्रम तय भइसकेकाले सगरमाथा संवादमा सहभागी हुन नसक्ने बताए ।

‘सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न,’ प्रधानमन्त्री ओलीले भने, ‘यसकारण कि उहाँको पहिले नै त्यसैबेला युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ ।’ उनले भारतीय प्रधानमन्त्री मोदीसँग आफ्नो अत्यन्तै राम्रो र सुमधुर वातावरणमा हार्दिकताका साथ भेटवार्ता भएको पनि बताए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्