उपप्रमुख डंगोल बेल्जियम जाँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गनेए भएकी छन् ।
युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरूबारे जानकारी दिने र काठमाडौं महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे पनि जानकारी लिने उद्देश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको हो ।
उपप्रमुख डंगोलले त्यहाँ सहरी विकासकामा गरेका प्रगतिबारे विभिन्न स्थानहरूको अध्ययन भ्रमण गर्ने कार्यतालिका छ । उपप्रमुख डंगोल बेल्जियमपछि अदालतको अवलोकन भ्रमणका लागि लक्जेम्बर्ग जाने कार्यक्रम छ ।
उनले युरोपियन युनियनको अभ्याससँगै त्यहाँको विवाद निरूपणका लागि भएका र गरेका प्रयासहरूका बारेमा अनुभव लिने कार्यक्रम छ । भ्रमणकै सिलसिलामा त्यहाँको स्थानीय सरकारसँग पनि विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
बेल्जियममै युनेस्कोसँग त्यहाँका सम्पदा र काठमाडौं महानगरपालिकाका सम्पदा संरक्षणका लागि गरेका प्रयासहरूका बारेमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिइन् ।
