sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने

२३ चैत २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । शिक्षक महासंघले यथास्थितिमा सरकारले बोलएको वार्तामा नजाने अडान लिएको छ ।

बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले शुक्रबार वार्तामा आउन शिक्षक महासंघलाई भनेको थियो । तर, महासंघ वार्तामा गएन । शुक्रबार  सरकारी टोली शिक्षकलाई कुरेर सिंहदरबारमा बसेको थियो । शिक्षक महासंघ नगएपछि दोस्रो पटक सरकारले वार्तामा बोलाएको हो ।

अध्यक्ष सुवेदीले समाधानका लागि तीन विकल्प देखाए । सरकारले अध्यादेशबाट निकास दिन सक्छ । अर्को बर्खे अधिवेशन तत्काल बोलाएर प्रक्रिया अगाडि बढाउन सक्छ । विशेष अधिवेशन पनि आह्वान गरेर ऐन जारी गर्न सक्छ । ऐन बन्ने स्थिति भएमा ऐनभित्रको विषयवस्तुमा छलफल गर्न भने सकिने जनाइएको छ  ।

२०८० असोज ५ मा सहमति भइसकेकाले फेरि वार्ताको औचित्य नरहेको महासंघको निष्कर्ष छ । सहमति कार्यान्वयन नभएको भन्दै विगत २ महिनादेखि महासंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ । जसअन्तर्गत २० चैतदेखि देशभरका शिक्षक काठमाडौं आएका छन् । काठमाडौंमा दैनिक विरोध प्रदर्शन गरिरहेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्