sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

राजनीतिक वृत्तमा पनि मेहनतको खाँचो छ : प्रकाशशरण महत

२२ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद् डा. प्रकाशशरण महतले मेहनतबाट नै देश निर्माण हुने बताएका छन् । 

शुक्रबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक वृत्तमा पनि मेहनतको खाँचो रहेको उल्लेख गरेका हुन् । उनले  सरकारी तथा गैरसरकारी क्षेत्रमा पनि इमान्दारिता र मेहनतको खाँचो रहेको बताए ।

उनले सत्तामा रहे पनि वा नरहे पनि नेपाली काँग्रेस सहीलाई सही र गलतलाई गलत भन्ने बताएका छन् । सजिलो हुँदा अघि बढ्ने र असहज हुँदा पन्छिने नयाँ राजनीतिक दलहरुबाट अधिकारको रक्षा हुन नसक्ने जिकिर गरे । उनले भएका कमी, कमजोरीप्रति नागरिकले खबरदारी गर्ने र जनताको खबरदारीलाई नसुने पराजित हुनुपर्ने बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्