sevenstartv.com २७ साउन २०८३, बुधवार

घट्याे सुनचाँदीको मूल्य

२७ साउन २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं -नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।

मंगलबार तोलामा ६ हजार चार सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला १ हजार २ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी मंगलबार तोलामा चार हजार सात सय ८० रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी बुधबार चार हजार सात सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला ३५ रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार तीन सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्