‘जेन–जीले खोजेको रोजगारी र सुशासन कहाँ छ ?’ - आङ्देम्बे
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी आन्दोलन र निर्वाचनबाट बनेको सरकारप्रति युवाको आशा बढे पनि सरकारले अपेक्षाअनुसार काम गर्न नसक्दा उनीहरू पुनः निराश बन्न थालेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले रोजगारी सिर्जना, सुशासन कायम तथा विदेशिएका युवालाई स्वदेश फर्काउने विषयमा सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्।
उनले देशमै स्वरोजगारको प्रयास गरिरहेका युवा गणेश नेपालीदेखि विवेक मण्डलसम्मले गरेको आत्मदाहका घटनालाई युवामा बढ्दो निराशाको गम्भीर संकेतका रूपमा प्रस्तुत गरेका छन्।














