sevenstartv.com २२ मंसिर २०८२, सोमवार

जनकपुर जलेश्वर सडकखण्ड अवरुद्ध, दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

१३ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । होलीको दिन छुरा प्रहार गरी हत्या भएको घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै मृतक परिवार र स्थानीयले जनकपुर जलेश्वर सडक खण्ड अवरुद्ध गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडानम्बर २३ स्थित बिन्दीमा स्थानीयहरूले चक्काजाम गर्दै प्रदर्शन गरिरहेका छन् । तीन घण्टादेखि त्यहाँ चक्काजाम छ । चैत २ गते होली खेल्दा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशुलाई घरबाट बोलाएर छुरा प्रहार गरी बितत्स हत्या गरेका थिए ।

घटनालगत्तै धर्मेन्द्र पक्राउ परेका थिए । तर, उनलाई छुरा दिने स्थानीय रामवरण महत्वका छोरा राकेश महतोलगायत आशुलाई घरबाट बोलाउन सहयोग गर्नेहरू अझै फरार छन् । घटनाको दुई साता पुग्दासमेत उनीहरूलाई पक्राउ गर्न नसकेको भन्दै आशुकी आमा अर्चनासहित स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्