भक्तपुरमा एक पुरुष मृत फेला
काठमाडौं । भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भएका ६६ वर्षीय ओम प्रकाश राई मृत भेटिएका हुन् ।
उनी कबाडीको सामान संकलन गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ । उनको दाहिने कानको छेउ र टाउकामा समेत चोट लागेको पाइएको छ । शवको प्रकृति हेर्दा हत्या जस्तो देखिएको छ ।
शव पोस्टमार्टमका लागि भक्तपुरको दुवाकोटस्थित केएमसी अपस्ताल पठाइएको छ । मृतकको राईका तीन छोराहरु रहेको प्रहरीको भनाइ छ ।

.gif)