पिके क्याम्पसको स्ववियुमा नेविसंघकी विद्रोही उम्मेदवार भुपी ऐरको प्यानल निर्वाचित
काठमाडौं । पद्मकन्या क्याम्पस (पीके) को स्ववियु निर्वाचनमा नेविसंघको विद्रोही समूहको प्यानल नै निर्वाचित भएको छ ।
नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार नेतृत्वको प्यानललाई हराउँदै स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी भुपेश्वरी (भुपी) ऐर नेतृत्वको विद्रोही प्यानल निर्वाचित भएको हो ।
भूपीले ७३० मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत पाइन् । सचिवमा भुपी प्यानलकै संन्ध्या बस्यालले ६९५ र कोषाध्यक्ष संकल्पिका थापाले ६६६ मत पाएर निर्वाचित भएका छन् ।
सदस्यहरू उर्वशी पाण्डे ६९४, चेतना महर्की ६८६, अस्मिता विक ६८०, स्वस्तिका विष्ट ६८०, आशु चौधरी ६७८, आकृति पाण्डे ६७६, निशा कार्की ६७४, र यानसु कटवलाले ६७२ मत पाएका छन् । परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् ।
