बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार
काठमाडौं । बलात्कार मुद्दाका एक थुनुवा ललितपुरको पाटन अस्पतालबाट फरार भएका छन् । प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद बुधबार दिउँसो फरार भएका हुन् ।
थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो । सो क्रमा शौचालय जाने भनेर छिरेका उनी दिउँसो ११ बजेतिर फरार भएका हुन । उनी झ्यालबाट हामफालेर भागेको पाइएको छ ।
फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनाइएको छ ।

.gif)